Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

लागुऔषधसहित दुई युवक पक्राउ

कञ्चनपुर । कञ्चनपुरमा लागुऔषधसहित दुइ युवक पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय दोधराबाट खटिएको प्रहरी टोलीले उनीहरुलाइ पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा दोधारा चादनी नगरपालिका ७ का २२ वर्षीय प्रेमसिंह ठगुन्ना र १९ वर्षीय युवराज बिस्वास रहेका छन्।

उनीहरु दुवैलाइ मिलन चौराहस्थित पैदल हिन्दै गरेको अवस्थामा पक्राउ गरिएको थियो।

उनीहरुको खल्तीबाट लुकाई छिपाई राखेको १८ ग्राम ४७० मिलिग्राम खैरो हिरोईन फेला परेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077