काठमाडौं । चिसो बढ्ने क्रममा रहेकाले सतर्क हुन मौसमविद्ले आग्रह गरेका छन् ।
मौसम खुल्ने क्रममा रहेका कारण चिसो अझै बढ्ने क्रममा रहेकाले यसबाट बच्न थप सतर्कता अपनाउन मौसमविद् राजु प्रधानाङ् बताउँछन् ।
“काठमाडौंसहित देशभर चिसो अझै बढ्ने क्रममा रहेकाले चिसो बाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउनु पर्नेछ,” उनले भने ।
आज बिहान ६ बजे काठमाडौंको तापक्रम ४.८ डिग्री सेल्सियस रहेको छ । आज काठमाडौंमा बदली हुने राजु बताउँछन् ।
आज बिहान प्रदेश २ तथा बाँकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ । पश्चिम तथा मध्य तराइका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ ।