Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

वीर अस्पतालका ३० जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि, बिरामीको संख्या पनि बढ्यो

काठमाडौं । कोरोना भाइरसको महामारी पुन बढ्दै गएपछि पछिल्ला दिनहरुमा स्वास्थ्यकर्मीमा संक्रमणको जोखिम थपिँदै गएको छ । यस्तोमा विगत दुई दिनमा वीर अस्पतालमा कार्यरत ३० भन्दा बढी कर्मचारीलाई कोरोना पुष्टि भएको छ।

कोभिड १९ युनिफाइड अस्पतालका प्रमुख डा. भुपेन्द्र बस्नेतका अनुसार स्वास्थ्यकर्मीमा संक्रमण देखिएपछि जनशक्तिको अभाव हुने भएको छ।

यस्तै, अस्पताल भर्ना हुने विरामीको संख्या पनि बढ्दो रहेको बस्नेतको भनाइ छ । गएराति मात्रै १४ जना संक्रमित अस्पताल भर्ना भएका छन् ।

यहि रफतारमा भर्ना हुने बिरामीको संख्या बढ्ने हो भने केही दिनभित्रै अस्पतालका शैया भरिने बस्नेतले जानकारी दिए। हाल अस्पतालमा  ५३ जना संक्रमितको उपचार भइरहेको छ ।

यसअघि बिहीबार मात्रै त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा पनि ६० जनाभन्दा बढी स्वास्थ्यकर्मीलाई संक्रमण देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077