Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रचण्डलाई अतिथि नबनाउँदा महासंघको बैठक भाँडे पत्रकारहरुले

बुटवल । मिडिया अवार्ड वितरणमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई प्रमुख अतिथि नबनाएको भन्दै प्रेस सेन्टरसम्बद्ध सदस्यहरूले नेपाल पत्रकार महासंघको बैठक भाँडेका छन्।

शुक्रबार बिहान कपिलबस्तुको तिलौराकोटमा सुरु भएको बैठकबाट केन्द्रीय सदस्यहरु रामकृष्ण अधिकारी, बबिन शर्मा, माधव पौडेल, शान्तराम बिडारीलगायत १७ जना बैठक कक्षबाट बाहिरिएका हुन्।

उनीहरुले कार्यक्रममा महासंघका अध्यक्ष बिपुल पोखरेल आफू मात्रै सहभागी भएकोले त्यसको प्रतिशोधमा बैठक छाडेको बताएका छन् । महासंघका अध्यक्ष पोखरेलले मिडिया अवार्डको आयोजक ड्रिम हाइसँग तीन लाख रुपैयाँ लिएर सहकार्य गरेका थिए ।

अवार्डमा महासंघको संलग्नताबारे प्रश्न उठेपछि महासंघकी सचिव सिर्जना अर्यालले विज्ञप्ति जारी गर्दै यसबारे आफ्नो संलग्नता नरहेको बताएकी थिइन् ।

त्यसअघि महासंघ अध्यक्ष पोखरेलले काउन्सिलका अध्यक्ष बस्नेतलाई दिएको सिफारिस पत्रमा २०५५ सालमा केन्द्रीय सभासद (पार्षद) रहेको र २०६८ सालमा केन्द्रीय समिति सदस्य रहेको उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077