Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

लिपुलेकबारे विवेकशील: नेपाली भू-भागमा छिमेकीको मनपरी अस्वीकार्य

काठमाडौं । विवेकशील साझा पार्टीले नेपाली भूमि लिपुलेकमा सडक विस्तार गर्ने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सार्वजनिक अभिव्यक्तिप्रति आपत्ति जनाएको छ ।

शुक्रबार पार्टी प्रवक्ता शरदराज पाठकले एक विज्ञप्ति जारी गर्दै मोदीको उक्त अभिव्यक्तिप्रति नेपाल सरकारको मौनता र लाचारी पनि आपत्तिजनक बनाएको बताएका छन् ।

‘कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नेपालको नक्सा जारी गरी संविधान संशोधनमार्फत निसान छापमा उक्त नक्सा राखिसकिएको अवस्थामा मोदीको अभिव्यक्ति जति आपत्तिजनक छ, त्यति नै आपत्तिजनक हाम्रो सरकारको मौनता र लाचारी पनि छ,’ विज्ञप्तिमा भनिएको छ।

यस्तै, विज्ञप्तिमा भनिएको छ, 'नेपाली भू-भागमा छिमेकीको मनपरी देश प्रेमी कुनै पनि नागरिकलाई स्वीकार्य छैन । नेपाली भूमिमा गरिआएका सबै खाले संरचना निर्माण कार्य तत्काल रोक्नुपर्ने दह्रो अडानसहित भारतसँग अविलम्ब कूटनीतिक संवाद अघि बढाउन विवेकशील साझा पार्टी सरकारलाई आग्रह गर्दछ।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077