Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पत्रकार महासंघ छाडेको घोषणा गरेकी बाला अधिकारी एकाएक बैठकमा उपस्थित भएपछि...

कपिलवस्तु । नेपाल पत्रकार महांसघको उपाध्यक्ष पद छाडेर कांग्रेस महाधिवेशनमा केन्द्रीय सदस्यमा उठेकी बाला अधिकारी पुनः महासंघमै फर्किएकी छन् ।

कांग्रेसको राजनीतिबाट तत्कालका लागि पार लाग्ने अवस्था नदेखेपछि उनी कपिलवस्तुमा शुक्रबारदेखि सुरु केन्द्रीय समिति बैठकमा सहभागी हुन पुगेकी हुन् ।

अधिकारीले महाधिवेशन प्रतिनिधि निर्वाचित हुने वित्तिकै आफ्नै फेसबुकमा नेपाल पत्रकार महासंघको उपाध्यक्ष पद त्यागेको घोषणा गरेको जनाउँदै स्टाटस लेखेकी थिइन् ।

नेपाली कांग्रेसको राजनीतिमा सक्रिय हुने भन्दै महासंघको उपाध्यक्ष पद त्यागेको घोषणा गरेकी उनी कपिलवस्तु बैठकमा सहभागी भएपछि केन्द्रीय सदस्यहरुले आपत्ति र  विराेध जनाएका छन्।

तर, कांग्रेस केन्द्रीय सदस्य बन्न नपाएकी उनी महासंघ उपाध्यक्षकै हैसियतमा बैठकमा सहभागी हुन कपिलवस्तु पुगेपछि विवाद सुरु भएको एक केन्द्रीय सदस्यले बताए ।

उनले गत डिसेम्बर ६ मा पत्रकार महासंघको जिम्मेवारीमा नरहने घोषणा गरेको फेसबुकमार्फत पोस्ट गरेकी थिइन्। त्यसपछि उनले आफ्नो गन्तव्य पार्टी राजनीतितर्फ भएको उल्लेख गर्दै महासंघको जिम्मेवारीमा नरहने उल्लेख गरेकी थिइन्।

तर कांग्रेसको केन्द्रीय कार्यसमितिमा पुग्न नसकेकी उनी महासंघमै फेरि सक्रिय भएपछि केन्द्रीय कमिटीका अन्य सदस्यहरुले गम्भीर आपत्ति जनाएका हुन्। अधिकारीमाथि अहिले नैतिकताकाे प्रश्न उठेकाे छ ।

नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति सदस्य बन्न महासंघको महिला उपाध्यक्षबाट राजीनामा घोषणा गरेकी अधिकारी पुनः महासंघको बैठकमा उपस्थित भएपछि आफूहरुले विरोध गरेको बैठक बहिष्कार गरेकाे एक केन्द्रीय सदस्यले बताए ।

महासंघको विधानमा कुनै सदस्यलाई राजनीतिक दलमा संलग्न हुन निषेध गरिएको भन्दै सदस्यहरुले विरोध गरेका छन् । उनीहरुले अधिकारी कुन हैसियतमा महासंघ बैठकमा आएको हो त्यसको जवाफ पहिले आउनुपर्ने पनि बताएका छन्।

कांग्रेसको १४ औँ महाधिवेशनमा केन्द्रीय समितिको उम्मेदवारी दिने घोषणा गरेकी अधिकारीले महासंघ छाडेर औपचारिक राजनीति गर्ने बताएकी थिइन्। उनी ओखलढुंगाबाट कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचित भएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077