Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

नोबेल मेडिकल कलेजका सञ्चालक सुनिल शर्मालाई विद्यार्थीले दले कालोमोसो

काठमाडौँ । काठमाडौं मेडिकल कलेज (केएमसी) र विराटनगर नोबेल मेडिकल कलेजका सञ्चालक सुनिल शर्मालाई विद्यार्थीहरुले कालोमोसो दलेका छन्।

शुक्रबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको सर्वपक्षीय बैठक सकेर बाहिर निस्कने क्रममा सोही कलेजमा अध्ययनरत विद्यार्थीहरुले कालोमोसो दलेका हुन् ।स्रोतका अनुसार शर्मालाई कालो मोसो दल्ने पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

पछिल्लो समय नोबेल मेडिकल कलेजका विद्यार्थीहरूले कलेजले महँगो शुल्क लिएको भन्दै व्यवस्थापकविरुद्ध विभिन्न विरोधका कार्यक्रम गर्दै आइरहेका थिए ।

यसअघि गृह मन्त्रालयले चिकित्सा शिक्षा आयोगले तोकेको भन्दाबढी शुल्क लिएपछि विवादमा परेका संचालक शर्मामाथि कारबाही गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई निर्देशन समेत दिएको थियो ।

यस्तै, यसअघिका विरोध कार्यक्रममा कजेलमा एमबीबीएस अध्ययनरत विद्यार्थीहरुले कलेजमा तोडफोड गरे थिए । गत आइतबार रिले अनसनका लागि पुगेका विद्यार्थीहरुलाई नोबेल प्रशासनले रोकेपछि उनीहरुले तोडफोड गरेका थिए।

यस विषयमा बिहीबार शिक्षामन्त्री पौडेलले चिकित्सा शिक्षाका विद्यार्थीहरूमाथि भएको अनियमितताको बारेमा छलफल गरिने र गल्ती गर्नेलाई कानुनसम्मत कारवाही गर्ने बताएका थिए  ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077