Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

कास्कीमा भोलिदेखि स्मार्ट लकडाउनको घोषणा (सूचनासहित)

पोखरा । कास्कीमा भोलि माग १ गते शनिबारदेखि स्मार्ट लकडाउन लागु हुने भएको छ।

शुक्रबार जिल्ला प्रशासन कार्यालय कास्कीले एक एक विज्ञप्ति जारी गर्दै माघ १ गते शनिबारदेखि कास्की जिल्लाभर स्मार्ट लकडाउन हुने जनाएको हो।

कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी)को सिफारिस बमोजिम गृह मन्त्रालयको निर्देशन तथा जिल्ला कोभिड–१९ को पुस २६ गते बसेको बैठकको निर्णयसमेतको आधारमा संक्रामक रोग ऐन २०२० को दफा २, स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(३) तथा कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश २०७८ को दफा ४ बमोजिम आदेश जारी गरिएको छ।’

यस्तै, प्रशासनले सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी व्यक्ति जम्मा हुन रोक लगाएको छ । राजनीतिक, सामाजिक तथा सांस्कृतिकलगायतका भेला, महोत्सव, मेला, सभा, सम्मेलनलगायतका कार्यक्रम नगर्न/नगराउन प्रशासनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

हेर्नुहोस् सूचना:

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077