Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

दिल्लीका अस्पतालमा अझै ८५ प्रतिशत शय्या खाली

एजेन्सी । कोभिड–१९ को महामारीको तेस्रो लहरको सामना गरिरहेको भारतको दिल्लीका अस्पतालको समग्र शय्यामध्ये १५ प्रतिशतमा मात्र बिरामी भर्ना भएका छन् ।

८५ प्रतिशत शय्या खाली नै रहेको दिल्लीका स्वास्थ्य अधिकारीहरुले बताएका छन्। भारतीय समाचार एजेन्सी एएनआईका अनुसार दिल्लीमा यसपटकको लहरमा शय्या अभाव हुने सम्भावना नरहेको अधिकारीहरुको भनाइ छ।

दिल्लीका स्वास्थ्यमन्त्री सत्यन्द्र जैनले प्रदेशभर औसतमा २५ हजार नयाँ सङ्क्रमित थपिने गरेको बताएका छन्।

शुक्रबार सार्वजनिक गरिएको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा दिल्लीमा २८ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका थिए।

अस्पताल भर्ना हुनेको संख्या भने २ हजार ४२४ मात्रै रहेको समाचारमा उल्लेख छ। दिल्लीका १३ हजारभन्दा बढी शय्या खाली रहेको मन्त्री जैनले बताए।

कोरोनाका कारण मृत्यु हुनेमध्ये ७५ प्रतिशतले खोप नलगाएको जैनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077