Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

के छ कोरोना रोकथामबारे एमालेले सरकारलाई बुझाएको २२ बुँदे सुझावमा ?

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई ध्यानाकर्षणपत्र बुझाएको छ । कोरोनाभाइरसको बढ्दो संक्रमदर बढीरहेको सन्दर्भमा त्यसको नियन्त्रणका लागि नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ नेतृत्वको टोलीले आज प्रधानमन्त्रीलाई बालुवाटार पुगेर ज्ञापनपत्र बुझाएको हो ।

एमालेले आफू नेतृत्वको सरकारले कोभिड–१९ रोकथाम, नियन्त्रण र उपचारका लागि गरेका कामहरूलाई बुँदागत रुपमा स्मरण गराउँदै सरकारका कमजोरीलाई औँल्याउँदै सुझाव पेस गरेको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सकारको पालामा कोभिड–१९ रोकथाम, नियन्त्रण र उपचारका लागि स्टान्डर्ड गाइड लाइन तयार गर्नेदेखि ८२ वटा पीसीआर ल्याब स्थापना गरेकोलगायत १६ वटा काम गरेको एमालेले सरकारलाई स्मरण गराएको छ ।

त्यस्तै, प्रधानमन्त्रीले खोप, खोप र खोप प्रतिबद्धताअनुसार खोप लगाउन नसकेको, खोपको पर्याप्तता हुँदाहुँदै पनि जनताले प्रयोग गर्न नपाएको, बुस्टर खोप उपलब्ध गराउन नसकेको, बीमितहरुको रकम उपलब्ध नभएको, टेस्टिङ र ट्रेसिङ कार्यमा वृद्धि नभएको, कूटनीतिक पहल अत्यन्तै कमजोर रहेकोजस्ता आरोप लगाएको छ ।

यस्तो छ २२ बुँदे सुझाव

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077