Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

बढ्यो कोरोनाको त्रास, भरतपुर अस्पतालले भन्यो–सकेसम्म अस्पताल नआउनू

चितवन । पछिल्ला कोही दिनयता कोरोना संक्रमितको संख्या दैनिक हजारौंको संख्यामा बढेको छ । काठमाडौं उपत्यकामा त दैनिक २ हजार बढी संक्रमित फेला पर्न थालिसकेका छन् । गत वर्षपनि कोरोना संक्रमितदर बृद्धि हुँदा अस्पतालहरुले संक्रिमितहरुलाई थेग्न सकेको थिएनन् ।

अहिले त शुरुमै भरतपुर अस्पतालले कोभिड–१९ को संक्रमण दर बढ्दो क्रममा रहेको भन्दै सामान्य बिरामीलाई सकेसम्म अस्पताल नआउन आग्रह गरेको छ। प्रेस विज्ञप्ति जारी गरी अस्पतालले जिल्लामा कोभिड–१९ संक्रमणको उच्च प्रकोप देखिएको उल्लेख गरेको छ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रा. डा. कृष्णप्रसाद पौडेलले विज्ञप्तिमा काठमाडौंको त्रिवि शिक्षण र वीर अस्पतालमा चिकित्सक र स्वास्थ्यकर्मीहरू पनि उच्च संख्यामा संक्रमित भएको तथ्यांकले समेत अस्पतालमा एकअर्काबाट संक्रमण फैलन सक्ने सम्भावना बढ्दै गएको उल्लेख गरेका छन्।

उनले सामान्य र पछि चेकजाँच गराउँदा पनि हुने प्रकृतिका बिरामीहरूले अस्पताल आउने समय पछि सार्नु उपयुक्त हुने बताएका छन्।

भरतपुर अस्पतालमा पुस २९ गते १७२ जनाको परीक्षणमा ९५ जनामा पोजिटिभ देखिएको थियो। पुस ३० गते १८६ जनामा गरिएको परीक्षणमा ११५ जना जोजिटिभ देखिएको छ। पुस २९ पोजेटिभ देखिएको संख्या ५५ प्रतिशत हो, ३० गते देखिएको संख्या ६१.२५ प्रतिशत हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077