Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

विराट कोहलीले दिए टेस्ट टोलीको कप्तानी पदबाट राजीनामा

एजेन्सी । भारतीय टेस्ट क्रिकेट टिमको कप्तानीबाट विराट कोहलीले राजीनामा दिएका छन् । शनिबार एक विज्ञप्ति जारी गर्दै कोहलीले टेस्ट टिमको कप्तानीबाट राजीनामा दिएको बताएका हुन् ।

सन् २०१४ मा टेस्ट क्रिकेट टिमको कप्तानी सम्हालेका कोहलीले त्यसयता भारतलाई टेस्ट क्रिकेटको नम्बर एक टिम बनाएका थिए । अहिले पनि भारत नम्बर एक टिम छ ।

दुई महिनाअघि मात्रै टी–ट्वान्टी क्रिकेट टिमको कप्तानीबाट राजीनामा दिएका कोहलीले त्यसको केही समयपछि एकदिवसीय क्रिकेट टिमको कप्तानीबाट हटाइएका थिए ।

तर हालै दक्षिण अफ्रिका भ्रमणमा टिमलाई सिरिज जिताउन नसकेका कोहलीले कप्तानीबाटै राजीनामा दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077