Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • ब्राजिलमा ५–११ वर्षका बालबालिकालाई कोभिड विरुद्धको खोप लगाउन सुरू

    ब्राजिलमा ५–११ वर्षका बालबालिकालाई कोभिड विरुद्धको खोप लगाउन सुरू

    अनलाइन नेपाल
  • शनिबार, १ माघ २०७८
  • 924
    SHARES

    फाइल फोटो

    एजेन्सी । ब्राजिलले पाँचदेखि ११ वर्षका बालबालिकाका लागि खोप अभियान सुरु गरेको अधिकारीलाई उद्धृत गरी ब्राजिलियाली सञ्चारमाध्यम सिएनएन ब्रासिलले जनाएको छ ।

    ब्रासिलका अनुसार यो उमेर समूहमा खोप लगाउने पहिलो बच्चा आठ वर्षीय आदिवासी बालक रहेका छन् । उनलाई साओ पाउलो अस्पतालमा खोप लगाइएको हो । डिसेम्बर १६ मा, ब्राजिलको स्वास्थ्य नियामक एन्भिसाले पाँच देखि ११ वर्षका बालबालिकाहरूमा प्रयोग गर्नका लागि फाइजर–बायोएनटेकको कोभिड–१९ विरूद्धको खोपलाई अनुमोदन गरेको थियो ।



    यो खोप बालबालिकाको लागि खोप लगाउन सुरक्षित रहेको बताइएपछि विभिन्न देशहरूमा उक्त उमेर समूहका बालबालिकालाई पनि खोप दिन थालिएको छ । नर्वेलगायतका कतिपय यूरोपेली मुलुकले पनि बालबालिकाका लागि यसको प्रयोग गर्न अनुमति दिइसकेका छन् ।



    यद्यपि, बालबालिकालाई खोप लगाउनु आवश्यक नभएको भन्दै ब्राजिलका राष्ट्रपति जाइर बोल्सोनारोले आफ्नो ११ वर्षीया छोरीले बालबालिकाको लागि लगाइने भनिएको खोप नलगाउने बताए ।

    ब्राजिलले सन् २०२१ को जनवरीमा खोप अभियान सुरु भएदेखि अहिलेसम्म ३२ करोड मात्रा खोपको व्यवस्था गरेको छ । यहाँ हाल लगभग १४करोड ३० लाख मानिसहरू अर्थात् ६८ प्रतिशत जनसंख्याले पूर्ण खोप लगाएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार