Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • स्वास्थ्य मन्त्रालयले भन्यो- कोरोना सङ्क्रमण बढ्यो, खोप लगाउनू

    स्वास्थ्य मन्त्रालयले भन्यो- कोरोना सङ्क्रमण बढ्यो, खोप लगाउनू

    अनलाइन नेपाल
  • सोमबार, ११ बैशाख २०८०
  • 660
    SHARES

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना सङ्क्रमण बढिरहेकाले खोप लगाउन आग्रह गरेको छ ।

    मन्त्रालयले दैनिकरूपमा सङ्क्रमण बढिरहेकाले खोप पहिलो मात्रा, दोस्रो मात्रा र बुस्टर डोज लगाउन आग्रह गरेको हो ।



    शून्यमा झरेको कोरोना सङ्क्रमण अहिले दैनिक बढिरहेको छ । आइतबार मात्रै ८१ जना नयाँ सङ्क्रमित छन् भने सक्रिय सङ्क्रमित संख्या ३७० पुगेको छ ।



    अहिले काठमाडौंसहित उपत्यकाका ठूला अस्पतालमा कोरोनाविरुद्धको बुस्टर डोज लगाइँदै छ ।

    मन्त्रालयले सङ्क्रमणको लक्षण देखिने वित्तिकै परीक्षण गराउन र आइसोलेशनमा बस्न अनुरोधसमेत गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार