Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • उपत्यकामा उच्चस्तरको प्रदूषणका कारण कृत्रिम फोक्सो १५ दिनमै कालो

    उपत्यकामा उच्चस्तरको प्रदूषणका कारण कृत्रिम फोक्सो १५ दिनमै कालो

    अनलाइन नेपाल
  • शुक्रबार, ८ बैशाख २०८०
  • 957
    SHARES

    काठमाडौं । काठमाडौं उपत्यकामा उच्चस्तरको प्रदूषणको कारणले स्वास्थ्य मन्त्रालयमा राखिएको कृत्रिम फोक्सो १५ दिनमै कालो भएको छ ।

    स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारीले आज शुक्रवार विज्ञप्ति निकालेर मन्त्रालयको प्रवेशद्वारमा राखिएको जोडी कृत्रिम फोक्सो १५ दिनमै कालो भएको जानकारी गराएका हुन् ।



    अधिकारीले १५ दिनमै कृत्रिम फोक्सो कालो हुनुले वायु प्रदूषणबाट मानव स्वास्थ्यमा पार्ने गम्भीर असरलाई बुझ्न सहज भएको बताए ।



    एईपीए फिल्टरबाट बनेको कृत्रिम फोक्सो काठमाण्डौ उपत्यकामा उच्चस्तरको प्रदूषणको कारणले १५ दिनमै कालो भएको विज्ञप्तिमा उल्लेख छ ।

    विश्व स्वास्थ्य दिवसको अवसर पारेर २०७९ चैत २४ गते मन्त्रालयको प्रवेशद्वारमा फोक्सो जडान गरिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार