Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • स्वास्थ्य मन्त्रालयले भन्यो- डेंगुको लक्षण देखिए तुरुन्त अस्पताल जानू

    स्वास्थ्य मन्त्रालयले भन्यो- डेंगुको लक्षण देखिए तुरुन्त अस्पताल जानू

    अनलाइन नेपाल
  • बिहिबार, २१ बैशाख २०८०
  • 654
    SHARES

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगुका लक्षण देखिए तुरुन्त स्वास्थ्य संस्था जान आग्रह गरेको छ ।

    पछिल्लो समय डेंगुका बिरामी बढ्दै गएकाले मन्त्रालयले सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो ।



    चिकित्सकका अनुसार टाउको दुख्नु, थकाई लाग्नु, वाकवाकी लाग्नु, मांसपेशी तथा जोर्नी दुख्नु, बान्ता हुनु एकासी ज्वरो आउनु डेंगुका लक्षण हुन् ।



    यसैगरी, मन्त्रालयले लामखुट्टेको टोकाइबाट बच्न सधैँ झुल टाँगेर सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउन, घरको झ्याल ढोकामा जाली हाल्न, कुनै पनि खुल्ला भाँडामा पानी जम्न नदिन आग्रह गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार