Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • पाँच स्टाफ नर्सलाई स्वास्थ्य मन्त्रालयले हटायो

    पाँच स्टाफ नर्सलाई स्वास्थ्य मन्त्रालयले हटायो

    अनलाइन नेपाल
  • मंगलबार, ३० फाल्गुन २०७९
  • 582
    SHARES

    काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पाँच जना स्टाफ नर्सलाई हटाइएको छ ।

    बिदा स्वीकृत नगराई कार्यालयमा अनुपस्थित रहेको भन्दै पाँचौं तहका स्टाफ नर्सहरू सझना श्रेष्ठ, सुशीला ढकाल, जमुना सिटौला, शान्ति लम्साल र ओमदेवी पुनलाई सेवाबाट हटाएको हो ।



    उनीहरु कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल, वीर अस्पतालमा कार्यरत थिए ।



    गोरखापत्रमा सूचना निकालेर बाटोको म्यादबाहेक ३० दिनभित्र अस्पतालमा हाजिर हुन आउन भनिए पनि नआएपछि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको नियमावली १३३ को (घ) बमोजिम हटाएको सूचनामा उल्लेख छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार