Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बालुवाटारमा योगेश भट्टराईको लाजमर्दो हर्कत, 'हिरो' हुन खोज्दा बन्न पुगे 'जिरो' !

काठमाडौं । नारायणहिटी दरबार संग्रालयमा बतास समूहले रेस्टुरेन्ट बनाउन सुरु गरेपछि विवादित बनेका तत्कालिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई थप विवादित बनेका छन्।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा कोरोना भाइरस संक्रमणको रोकथामबारे सरकारलाई ध्यानाकर्षणपत्र बुझाउँदा मास्क नलगाएको तस्वीर बाहिरिएपछि नेकपा एमालेका सचिव समेत रहेका भट्टराई थप विवादित बनेका हुन् ।

कोरोना महामारी नियन्त्रणका लागि दवाव दिन बालुवाटार पुगेका भट्टराई आफैले प्रधानमन्त्रीको अगाडि मास्क नलगाई फोटो खिचेपछि 'हिरो बन्न खोज्दा जिरो'मा झरेका छन् त उनको तस्बिरलाई लिएर सामाजिक सञ्जालदेखि संचारमाध्यमसम्म चर्को आलोचना भइरहेको छ। सामाजिक संजालमा उनको उक्त व्यवहारलाई लिएर कतिपयले त्रोल गर्दै लाजमर्दो हर्कत भएको टिप्पणी गरेका छन्।

सार्वजनिक फोटोमा उनले खुट्टालाई मास्क लगाएका छन् (सुज कभर) भने मुखमा मास्क लगाएका छैनन्। सरकारले जारी गरेको स्वास्थ्य प्रोटोकलविरुद्ध प्रधानमन्त्री कार्यालयमै उनले देखाएको यो हर्कतले जनताले के सिक्ने भन्दै उनीविरुद्ध सर्वसाधारण खनिएका छन् ।

सोही तस्वीरको विषयमा भट्टराईले सामाजिक सञ्जालमार्फत प्रष्टीकरण समेत दिएका छ न्। उनले आफूले पत्र वाचन गर्नका लागि मास्क खोलेको र हस्तान्तरण गर्ने समयमा लगाउन भुलेको भन्दै आएका टिप्पणीको स्वागत गरेका छन्।

‘ध्यानाकर्षणपत्र वाचनका क्रममा मैले माक्स खोलेको थिएँ। तत्क्षण पत्र हस्तान्तरण गर्नुपर्दा माक्स लगाउन भुलेको बारेमा संचारमाध्यममा आएको टिप्पणीको स्वागत गर्दछु,’ भट्टराईले लेखेका छन्, ‘विषय र घटनाको सार र रुप पक्षलाई छुट्याएर बुझ्न् सबैमा अनुरोध गर्दछु।’

तर उनले दिएको स्पष्टिकरण पनि विवादित बनेको छ । ध्यानाकर्षणपत्र वाचन गर्दा मास्क नखोली वचन गर्नमिल्ने भन्दै भट्टराईको आलोचना भएको छ।  भट्टराईले आफूहरुले बालुवाटारमा जाँदा प्रधानमन्त्रीको सचिवालयद्वारा निर्धारित मापदण्डलाई पूर्ण रुपमा पालना गरेको पनि उल्लेख गरेका छन्।

भट्टराईले अघि लेखेका छन्, ‘आज कोभिड– १९ का सम्बन्धमा नेकपा एमालेका तर्फबाट प्रधानमन्त्रीज्यूलाई ध्यानाकर्षण गराउने कार्यक्रममा हाम्रो प्रतिनिधिमण्डलले प्रधानमन्त्रीको सचिवालयद्वारा निर्धारण गरेको स्वास्थ्य मापदन्डलाई पूर्ण पालना गरेको अनुरोध गर्दछु।’

योगेश भट्टराई, पछिल्लो समय निकै विवादित नाम हो, तत्कालीन पर्यटनमन्त्री हुँदा सबै युवाहरुले आशा गरेका व्यक्ति थिए, भट्टराई ।  तर, जुन जोगी आए पनि कानै चिरेका भनेझैं भट्टराईमा पनि त्यो उखान लागु भएको देखिन्थ्यो। आफ्नो पालामा उल्लेख्य कामहरु भएको भन्दै दाबी गर्ने गरेका भट्टराई जब बताससँग जोडिए तब सबै उदाङ्गो भएको छ।

यसै बिषयमा रोयल बगैंचा रेस्टुरेन्टका नाममा नारायणहिटी संग्रहालयको जग्गा कब्जा गराउन तयार भएको फाइल फिर्ता गरिदिएकै कारण तत्कालीन सचिवको सरुवा भएको समेत खुलासा भएको छ । मन्त्रालयका तत्कालीन सचिव कृष्ण देवकोटाले ‘विशेषतः त्यो’ र त्यस्तै अन्य विषयमा असहमति हुँदा आफ्नो सरुवा भएको दाबी गरेका छन्।

मन्त्रालयको नेतृत्वमा भट्टराई आएपछि फेरि त्यही फाइल जगाएर बतासका ३ कम्पनीबीच ‘प्रतिस्पर्धा’ का नाममा नारायणहिटीको असीमित जग्गा कौडीको भाउमा जिम्मा लगाउने सम्झौता भएको थियो ।

नारायणहिटीको जग्गा जिम्मा लगाउने फाइल पुरातत्त्व विभागका तत्कालीन पूर्वमहानिर्देशक भेषनारायण दाहालले बनाएका थिए । यो विषयमा बतासदेखि यती समूहको चासो भएकाले सरकारमा पनि तलदेखि माथिसम्म धेरैको स्वार्थ जोडिएको देवकोटाको भनाइ छ  ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077