Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

ओरेगन कन्सर्ट हल बाहिर गोली चल्यो, ६ जना घाइते

एजेन्सी । अमेरिकाको ओरेगन राज्यको युजेनमा रहेको कन्सर्ट हलबाहिर शुक्रबार राति गोली चल्दा कम्तीमा छ जना घाइते भएका छन् ।उनीहरुलाई अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

सिएनएनले उल्लेख गरे अनुसार लिल बीन र जे बैंग शोको क्रममा गोलीबारी भएको थियो। "राती ९:२९ मा WOW हल, २१९ W. 8th Avenue मा धेरै पटक गोली चलेको रिपोर्ट आएको थियो।

प्रहरी प्रमुख क्रिस स्किनरले शनिबार बिहान पत्रकारहरूलाई बताएअनुसार "पक्कै पनि युजीन शहरमा भएको सबैभन्दा उच्च प्रोफाइल गोलीबारीहरू मध्येको एक हो ।

पीडितको शल्यक्रिया भएरहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077