Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • प्रतिनिधिसभा बैठक माघ १६ गतेसम्मलाई स्थगित

    प्रतिनिधिसभा बैठक माघ १६ गतेसम्मलाई स्थगित

    अनलाइन नेपाल
  • आइतबार, २ माघ २०७८
  • 897
    SHARES

    फाइल फोटो

    काठमाडौँ । प्रतिनिधिसभाको अर्को बैठक यही माघ १६ गते आइतबार दिनको १ बजे बस्ने भएको छ ।

    सभामुख अग्निप्रसाद सापकोटाले सोमबार १ बजेका लागि पूर्वनिर्धारित बैठक कोरोना सङ्क्रमणको जोखिमका कारण उक्त मितिमा बस्नेगरी समय परिवर्तन गरेको सङ्घीय संसद्का महासचिव डा भरतराज गौतमद्वारा जारी सूचनामा उल्लेख छ ।





    यसअघि आज बस्ने भनिएको राष्ट्रियसभाको बैठक पनि अनिश्चितकालका लागि स्थगित भएको थियो।

    पछिल्लो समय कोरोना भाइरस  संक्रमण जोखिम निकै बढेको छ। जसमा हिजो मात्रै ४ हजार माथि संक्रमितहरु थपिएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार