Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

योगेशप्रति आक्रोशित हुँदै मन्त्री आलेले भने- यत्रो दुरुपयोग र विरक्ततालाई पनि कफी सप भन्ने ?

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नेकपा एमालेका सचिव योगेश भट्टराईप्रति आक्रोश व्यक्त गरेका छन्।

आइतबार अपरान्ह नारायणहिटी दरबार संग्रहालयस्थित बतास समूहले क्याफ्टेरियाका लागि भाडामा लिएको स्थानको निरीक्षण गर्दै मन्त्री आलेले तत्कालिन पर्यटनमन्त्री भट्टराईको निर्णयप्रति आक्रोश पोखेका हुन् ।

उक्त क्षेत्रको निरीक्षण गर्दै मन्त्री आलेले आफूलाई पुरातात्विक स्थानको दुरूपयोग भएको देख्दा विरक्त लागेका समेत बताए ।

पुरातात्विक महत्वको संरचनालाई अनधिकृत रूपमा रेष्टुरेन्ट बनाएकोमा मन्त्री आलेले भने, ‘पूर्वमन्त्री आएर निरीक्षण गर्नुभयो भने यसलाई अझै पनि कफी सप नै देख्नुहुनेछ।’मन्त्री आलेले यसको बारेमा छानबिन समितिले प्रतिवेदन बुझाइसकेको भन्दै सम्बन्धित निकायले चाडै निकास दिने बताए।

यसअघि आज बिहान मात्रै मन्त्री आलेले पशुपति क्षेत्रमा बतास समूहले धर्मशालाका नाममा होटल चलाएको खबर सार्वजनिक भएपछि त्यहाँको निरीक्षण समेत गरेका थिए।मन्त्री आलेले धर्मशाला धर्मशाला जस्तो नभएर सेभेन स्टार होटल जस्तो भएको बताएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077