Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • सिंहदरबारभित्र पनि फैलियो कोरोना, चार सचिवसहित सयभन्दा बढी कर्मचारीमा संक्रमण पुष्टि

    सिंहदरबारभित्र पनि फैलियो कोरोना, चार सचिवसहित सयभन्दा बढी कर्मचारीमा संक्रमण पुष्टि

    अनलाइन नेपाल
  • सोमबार, ३ माघ २०७८
  • 1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार पनि कोरोना भाइरस महामारीको त्रासमा परेको छ ।

    स्रोतका अनुसार सिंहदरबारभित्रका चार सचिवसहित सयभन्दा बढी कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि त्रास बढेको हो । यसअघि प्रधानमन्त्री निवास बालुवाटारमा पनि कोरोना संक्रमण फैलिएको थियो। जसमा प्रधानमन्त्रीका भान्सेदेखि सचिवालयमा कम गर्ने कर्मचारीहरुमा संक्रमण पुष्टि भएको थियो।



    सिंहदरबार अन्तर्गत प्रधानमन्त्री कार्यालयका सचिवहरू शिशिरकुमार ढुंगाना, रामप्रसाद थपलिया र कृष्णबहादुर रावतलाई कोरोना संक्रमण भएको छ। यस्तै, उद्याेग, वाणिज्य तथा आपूर्तिमन्त्रालयका सचिव दिनेशकुमार भट्टराईलाई पनि संक्रमण पुष्टि भएको बताइएको छ।



    संक्रमित सचिवहरू होमआइसोलेसनमा छन् । थपलिया कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसिसी)का प्रमुख पनि हुन् । उनलाई काेराेना भएपछि सिसिएमसिसीकाे बैठक नै बस्न सकेकाे छैन ।

    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्रोतका अनुसार काेराेना संक्रमण भएका कर्मचारीलाई १४ दिने काेभिड काज बिदा दिने गरिएकाे छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार