Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • भारतमा एकैदिन थपिए दुई लाख ५८ हजार नयाँ सङ्क्रमित

    भारतमा एकैदिन थपिए दुई लाख ५८ हजार नयाँ सङ्क्रमित

    अनलाइन नेपाल
  • सोमबार, ३ माघ २०७८
  • 1.2K
    SHARES

    फाइल फोटो

    एजेन्सी । भारतमा कोरोना भाइरसबाट पछिल्लो एक दिनमा थप दुई लाख ५८ हजार ८९ जना सङ्क्रमित भएका छन् । अघिल्लो दिनको तुलनामा दैनिक सङ्क्रमितहरुको सङ्ख्या घटेको देखिएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले सोमबार जनाएको छ । आइतबार सार्वजनिक गरिएको विवरणअनुसार पछिल्लो २४ घण्टामा दुई लाख ७१ हजार २०२ जना नयाँ सङ्क्रमित थपिएका थिए ।

    भारतमा अहिलेसम्म कुल तीन करोड ७३ लाख ८० हजार २५३ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । ती मध्ये १६ लाख ५६ हजार ३४१ जना अहिले पनि सङ्क्रमित अवस्थामै रहेका छन् । सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या दिन प्रति दिन बढ्दै गइरहेको पनि मन्त्रालयका अधिकारीहरुले जनाएका छन् । अहिलेसम्म सङ्क्रमित मध्ये आठ हजार २०९ जना मात्रै ओमिक्रोनबाट सङ्क्रमित रहेको पाइएको छ ।



    पछिल्लो २४ घण्टामा भारतमा कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या एक लाख ५१ हजार ७४० रहेको छ । एउटै अवधिमा नयाँ सङ्क्रमितहरुको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या झण्डै एक लाख कम भएकाले दैनिक रुपमा सक्रिय सङ्क्रमितहरुको सङ्ख्या बढ्दै गएको हो ।



    भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या तीन करोड ५२ लाख ३७ हजार ४६१ रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो एक दिनमा ३८५ जनाको कोरोनाका कारण मृत्यु भएको छ भने अहिलेसम्म कोरोनाका कारण मृत्यु भएकाहरुको सङ्ख्या चार लाख ८६ हजार ४५१ रहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार