Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

कैंचीले हानेर एक जनाको हत्या, दुईजना पक्राउ

काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका–८, गुर्जुधारामा कैंचीले हानेर एक जनाको हत्या गरिएको छ। अर्का घाइते भएका छन्।

प्रहरीका अनुसार साथीसाथीबीच झगडा हुँदा कैंचीले हान्दा काठमाडौंकै मातातीर्थ घर भई गुर्जुधारा बस्ने २७ वर्षीय रोशन रिजालको मृत्यु भएको हो।

डीएसपी डिल्लीनारायण पाण्डेका अनुसार हत्यामा संलग्न दुई दाजुभाइ अनुज र अशोक बस्नेतलाई पक्राउ गरिएको छ।

घाइतेको उपचार जारी छ भने शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077