Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

विश्वव्यापी द्वन्द्वले भविष्यमा गम्भीर परिणाम ल्याउने चिनियाँ राष्ट्रपति सीको चेतावनी

काठमाडौँ । चिनियाँ राष्ट्रपति सी जिनपिङले विश्वव्यापी द्वन्द्वले गम्भीर परिणाम ल्याउन सक्ने चेतावनी दिएका छन्।

सोमबार डाभोस विश्व आर्थिक मञ्चको भर्चुअल बैठकलाई सम्बोधन गर्दै सी जिनपिङले विश्वव्यापी द्वन्द्वले गम्भीर परिणाम ल्याउन सक्ने चेतावनी दिएका हुन्। कोरोना महामारीका कारण भर्चुअल माध्यमबाट बसेको उक्त बैठकमा सी जिनफिङले द्वन्द्वले समस्या समाधान नहुने कुरा इतिहास साक्षी रहेको बताए।

उनले कोरोना महामारीको प्रभावसँग जुध्न साझा पहल गर्नुपर्ने बताए । कार्यक्रममा उनले विश्व अर्थतन्त्रलाई थप खस्किन नदिन आर्थिक नीतिको राम्रो समन्वय गर्न पनि आग्रह समेत गरेका थिए ।

सी जिनपिङको भाषणको स्वर पछिल्लो पटकको जस्तै थियो । जहाँ उनले कोरोना महामारीसँग लड्न चीनले उल्लेख्य भूमिका खेलेको दाबी गरे। विश्वको एक मात्र अर्थतन्त्र चीन भएको र जसले बलियो नतिजा दिइरहेको उनको दाबी छ।

विश्वका ठूला शक्तिहरुबीचको सम्बन्धमा कमजोरी रहेको औंल्याउदै उनले भविष्यका लागि समेत सचेत गराए । सी जिनपिङले सबैलाई साथमा लैजाने नीतिमा चीनले विश्वास राखेको बताए ।

विकासोन्मुख देशहरूले आफ्ना गतिविधिबाट पीडित देशहरू पीडित हुन नपरोस् भन्नका लागि देशहरूबीच ठोस समन्वय कायम गर्नुपर्ने र समृद्ध राष्ट्रहरूले जिम्मेवार आर्थिक नीतिहरू अवलम्बन गर्नुपर्ने उनले चेतावनी दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077