Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

उच्चस्तरीय संयन्त्रको बैठक: स्थानीय तहको चुनाव बैशाखमै हुने

काठमाडौँ । आगामी वैशाखमै स्थानीय तहको चुनाव गर्न सत्ता गठबन्धनमा आवद्द दलहरु सहमत भएका छन् ।

मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक मा स्थानीय निर्वाचनबारे छलफल भएको थियो । जसमा सहभागी सबै दलका नेताहरूले संविधानअनुसार समयमै स्थानीय चुनाव गर्नुपर्नेमा सहमत भएका हुन् ।

स्रोतका अनुसार अब अर्को बैठक आगामी बिहीबार पुन बस्ने छ, जुन बैठकले बाँकी थप निर्णय गर्ने छ । साथै, बैठकमा कोरोना नियन्त्रणलगायतका विषयमा पनि छलफल भएको छ ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई, नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेललगायतका नेताहरुको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077