Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

अत्यावश्यक बाहेकका पासपोर्ट जारी नगरिने

काठमाडौं । सरकारले हाललाई अत्यावश्यक बाहेकका राहदानी (पासपोर्ट) जारी नगर्ने भएको छ।

कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि राहदानी विभागले राहदानी वितरण स्थगित गरेको हो।

कोरोना संक्रमण बढ्दै गएको र विभागका कार्मचारीलाई पनि कोरोना संक्रमण भएपछि तत्काललाई अत्यावश्यक बाहेकका राहदानी वितरण स्थगित गरिएको विभागले जनाएको छ।

विदेशमा उपचार गर्न जाने जस्ता गम्भीर प्रकृतिका अत्यावश्यक सेवा बाहेक अरू सेवा तत्कालका लागि स्थगित गरेको विभागले जनाएको छ।

यसअघि दिएको बुकिङ तथा टोकन हाललाई स्थगन गरिएको पनि विभागको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077