Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मधेश प्रदेशका मुख्यमन्त्री राउतको घरमाथि ढुंगामुढा प्रहार गर्ने एकजना पक्राउ

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको घरमा ढुंगामुढा भएको छ । जनकपुरधामलाई मधेश प्रदेशको राजधानी बनाएको भन्दै वीरगञ्ज स्थित तेजारथ टोलमा रहेको मुख्यमन्त्रीको घरमा मंगलबार दिउँसो ढुंगामुढा भएको हो ।

कांग्रेसको वीरगञ्ज समितिले निकालेको जुलुसमा सहभागी एक युवकले मुख्यमन्त्री राउतको घरमाथि ढुंगा हान्दा झ्यालका सिसा फुटेको प्रहरीले जनाएको छ।

मुख्यमन्त्री राउतको घरमा ढुंगा प्रहार गरेको अरोपमा ती युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका १ बस्ने वर्ष २६ का सुमन पटेल रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनी नेपाली कांग्रेसका कार्यकर्ता हुन्।

पटेलमाथि प्रहरीले अपराधिक उपद्रव कसुरमा मुद्दा चलाएर कारबाही प्रक्रिया अघि बढाएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077