Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

पर्यटनमन्त्री आलेकै निकायमा कोरोना मापदण्डको उलंघन, विमानस्थलको आन्तरिक कक्षमा यात्रुहरुको भीड (फोटो फिचर)

काठमाडौँ । पछिल्लो समय कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएपछि सरकारले सार्वजनिक स्थलहरुमा २५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ। तर, सरकारको कोरोना रोकथामसम्बन्धी नियम भने सरकारी तबरबाटै उलंघन भएको देखिन्छ।

प्रसंग हो -बुधबार बिहान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक कक्षमा देखिएको ठूलो भीडको । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत पर्ने विमानस्थलमा सयौंको संख्यामा उपस्थित यात्रुहरुको भीडभाडले सरकारको आदेशलाई चुनौती दिएको छ।

चिसो मौसम र बाक्लो हुस्सुका कारण समयमै विमान उड्न नसकेपछि विमानस्थलमा यात्रुहरुको भिड निकै बढेको हो। तर, यस भीड नियन्त्रण तथा कोरोना नियन्त्रणको मापदण्ड भने कतै पालना भएको देखिदैन।

केही दिनअघि पर्यटनमन्त्री प्रेम आलेले नारायहिटीजग्गा विवादबारे एमाले नेता योगेश भट्टराईलाई लक्षित गर्दै आफ्नो निकायको जिम्मेवारी आफूले लिनुपर्ने बताएका थिए। आफ्नो मातहतको निकायमा भएको गल्ती र कमी कमजोरीको जिम्मा सम्बन्धित नेतृत्वकर्ताले लिनुपर्ने मन्त्री आलेको जोड थियो । तर, पछिल्लो समय उनै मन्त्री आलेको मन्त्रालय मातहत पर्ने विमानस्थलमा देखिएको भीडले मन्त्रीलाई नै प्रश्न तेर्स्याउछ।

यस्तै, सरकारले हवाई यात्रा गर्नका लागि कोरोनाको दुवै डोज खोप लगाएको कार्ड अनिवार्य गरेपनि विमानस्थलमा कहिँ कतै उक्त कार्डको चेकिङसम्म हुने त  परे जाओस। कार्ड छ कि छैन भनेर सोध्ने पनि गरेको देखिदैन। जसले गर्दा विमानस्थल नै कोरोना रोकथाम भन्दा पनि कोरोना फैलाउने क्षेत्र बन्दै गएको यात्रुहरु बताउँछन्।

तस्बिरहरु:

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077