Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • नागढुंगाबाट ९४० ग्राम गाँजासहित दुई युवक पक्राउ

    नागढुंगाबाट ९४० ग्राम गाँजासहित दुई युवक पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, ५ माघ २०७८
  • 879
    SHARES

    काठमाडौँ । नागढुंगाबाट प्रहरीले गाँजाको धुलो जस्तो देखिने पदार्थसहित २ जनालाई पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा धादिङ थाक्रे-४ का २३ बर्षीय विकास लामा र मकवानपुर कैलाश गाउँपालिका-२ का २७ बर्षीय गणेश लामा रहेका छन्।



    प्रहरीका अनुसार सोमबार साँझ ६ बजेतिर उनीहरुलाई नागढुङ्गा प्रहरीले  ९४० ग्राम गाँजासहित फेला पारेको हो।



    पक्राउ परेका दुबै जनामाथि लागूऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम महानगरीय प्रहरी बृत्त थानकोटबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार