Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • नागढुंगाबाट लागूऔषधसहित दुई जना पक्राउ

    नागढुंगाबाट लागूऔषधसहित दुई जना पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, १२ बैशाख २०७८
  • 2.2K
    SHARES

    काठमाडौँ । जिल्लाको नागढुंगा चेकप्वाईन्टबाट प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा महोतरी जिल्ला सम्सी गाउपालिका वडा नं. २ बस्ने ४७ बर्षीय लाल बाबु नदाफ र २७ बर्षीय अलि हुसेन रहेका छन् ।



    शनिबार दिउँसो महोतरी गौशालाबाट काठमाण्डौ तर्फ आउँदै गरेको प्रदेश नं. ३-०१-००५ ख ९७२७ नं. को यात्रु बाहक बसलाई चेकजाँच गर्ने क्रममा प्रहरीले उनीहरुको साथबाट नाइट्रजेमपाम ४४९८ को ट्याब्लेट बरामद गरेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिए ।



    पक्राउ परेका उनीहरुमाथि लागूऔषध नियन्त्रण ऐन २०३३ अनुसार कारबाही प्रक्रिया अगाडि बढाइएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार