Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

पीसीआर परीक्षणको शुल्क घट्यो, अब ८०० मै जाँच गर्न पाइने

काठमाडौं । सरकारले कोरोना भाइरस संक्रमण परीक्षणको शुल्क घटाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर टेस्टको शुल्क  ८०० रुपैयाँ तोकिएको छ। यसअघि पीसीआरको शुल्क एक हजार थियो।

यस्तै, मन्त्रालयका अनुसार सरकारी अस्पताल तथा प्रयोगशालामा लक्षण भएकाहरुको निःशुल्क परीक्षण हुने छ।

यसैगरी निजी प्रयोगशालाहरुमा पनि पीसीआर टेष्टको शुल्क पाँच सयले घटेको छ।

अब पीसीआर निजी अस्पतालहरुमा १५०० रुपैयाँ गर्न सकिने छ।  यसअघि यो शुल्क दुई हजार थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077