Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

हवाई उडानमा नयाँ मापदण्ड: यस्ता छन् अनिवार्य पालना गर्नुपर्ने नियमहरु

काठमाडौँ । पछिल्लो समय कोरोना भाइरस संक्रमितको बढ्दै गएपछि सरकारले आन्तरिक हवाई उडानमा नयाँ नियम लागू गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मन्त्रिपरिषद्को बैठकले आन्तरिक हवाई उडानमा नयाँ नियम लागू गरेको हो ।

नयाँ नियमअनुसार हवाई उडानमा चालक दल र सबै यात्रुले मास्क तथा फेस सिल्ड अनिवार्यरुपमा लगाउन पर्ने भएको छ । यस्तै, हवाई जहाजभित्र अनिवार्य स्यानिटाइजरको व्यवस्था गर्नुपर्नेछ ।

यसैगरी, प्रत्येक उडानपछि हवाई जहाज र ब्यागेज निसंक्रमित गर्नुपर्ने, चेक इन, बोर्डिङ, ब्यागेज क्लेम गर्ने स्थान तथा प्रतिक्षालयमा भिडभाड हुन नदिने र जनस्वास्थ्यका मापदण्ड लागू गर्नुपर्नेछ ।

बुधबार मात्रै कोरोना संक्रमणको संख्या हालसम्मकै उच्च रहेको छ। जसमा ११ हजार ३५२ जना संक्रमितहरु थपिएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077