Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश शर्माको निधन

काठमाडौँ । सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश मोहनप्रसाद शर्माको ८८ उमेदमा आज निधन भएको छ ।

मिर्गौलाको समस्याबाट पीडित पूर्वप्रधानन्यायाधीश शर्माको आज कमलपोखरीस्थित निजी निवासमा निधन भएको हो ।

सरकारी सेवामा २०१५ सालमा प्रवेशगरेका शर्मा २०१७ सालमा कानुन मन्त्रालयको शाखा अधिकृतबाट बढुवा भएर अदालतको न्यायाधीश भएर काम गर्दै २०५४ चैतदेखि २०५६ मङ्सिर ३० गतेसम्म नेपालको प्रधानन्यायाधीश भएर काम गरेका थिए ।

स्व शर्माको एक छोरा एक छोरी छन् । छोरा क्यानडाबाट आएपछि अन्त्येष्टि गर्ने तयारी रहेको परिवार स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077