Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

इंग्लिस प्रिमियर लिग : ब्रेन्टफोर्डमाथि म्यानचेस्टर युनाइटेडको सहज जित

एजेन्सी । इंग्लिस प्रिमियर लिगअन्तर्गत बुधबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले ब्रेन्टफोर्डमाथि ३–१ गोल अन्तरको सहज जित हात पारेको छ।

खेलको पहिलो हाफ बराबरीमा सकिए पनि दोस्रो हाफको ५५, ६२ र ७७ औं मिनेटमा गोल गर्दै युनाइटेड बलियो अवस्थामा पुगेको थियो।

खेलको ८५ औं मिनेटमा ब्रेन्टफोर्डले सन्त्वना गोल फर्काएको थियो।

यससँगै म्यानचेस्टर युनाइटेडले लिगमा २१ खेलबाट ३५ अंक हात पारेको छ। युनाइटेड लिगको सातौं स्थानमा छ।

शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटीले २२ खेलबाट ५६ अंक जोडेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077