Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

भारतविरुद्धको पहिलो एकदिवसीयमा दक्षिण अफ्रिका विजयी

एजेन्सी । दक्षिण अफ्रिकाले भारतविरुद्धको पहिलो एकदिवसीय क्रिकेटमा ३१ रनको जित हात पारेको छ। यससँगै दक्षिण अफ्रिकाले तीन खेलको सिरिजमा १–० अग्रता लिएको छ।

दक्षिण अफ्रिकाले भारतलाई जितको लागि २९७ रनको लक्ष्य दिएको थियो।

जवाफी ब्याटिङमा उत्रिएको भारतले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर केवल २६५ रन मात्र बनाउन सक्यो। भारतका लागि ओपनर शिखर धावनले सबैभन्दा धेरै ७९ रन बनाए।

त्यस्तै विराट कोहलीले ५१ रन बनाए भने शार्दूल ठाकुरले अविजित ५० रनको पाली खेले।

यसअघि टस जितेर ब्याटिङ गरेको दक्षिण अफ्रिकाका कप्तान टेम्बा बभुमाले ११० रन र रासी भान डर डुसेनले अविजित १२९ रन बनाए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077