Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

धनुषामा एक युवतीको बीभत्स हत्या

जनकपुरधाम । धनुषाको धनुषाधाम नगरपालिकामा एक युवतीको बीभत्स हत्या भएको छ ।

धनुषाधाम नगरपालिका वडा नम्वर ६ मालटोल स्थित पूर्व–पश्चिम लोकमार्ग देखि २ किलोमिटर दक्षिणतर्फ रहेको पदम थापाको आँपको बगैंचामा अन्दाजी २६ वर्षीया युवतीको हत्या भएको हो ।

टाउको फुटेको र रगतले लतपतिएको अवस्थामा ती युवतीको शव बुधबार साँझ फेला परेको इलाका प्रहरी कार्यालय यज्ञभूमिले जनाएको छ ।

मृतक युवतीको परिचय खुल्न सकेको छैन । कालो वर्णकी ती मृतक युवती रातो रंगको सुईटर निलो रंगको कुर्ता सुरुवाल लगाएकी छन् । ती युवतीको कसैले बलात्कार गरेर हत्या गरेको हुन सक्ने प्रहरीको आशंका छ ।

शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077