Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अनलाइनमा जुवा खेलाउनकै लागि कर्मचारीको नियुक्ति, बाह्र जनाको ठूलो गिरोह महाशाखाको फन्दामा

काठमाडौँ। महानगरीय प्रहरी अपराध महाशाखाले अनलाइनमार्फत् जुवा खेलाएको आरोपमा १२ जनाको ठूलो गिरोहलाई नै पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा काठमाडौँ कीर्तिपुर-६ का ३३ बर्षीय सुजेन्द्र थापा, १७ बर्षीय मनिश थापा, १७ बर्षीय अर्का समिर थापा र २७ बर्षिया कबिता थापा रहेका छन् ।

यस्तै, किर्तिपुर-१० का ४५ बर्षीय बुद्ध महर्जन र १९ बर्षिया हनिशा महर्जन, कीर्तिपुर-८ पाँगा बस्ने २० बर्षिया रोजा महर्जन, पाँगाकै १९ बर्षीय साहिल महर्जन र कीर्तिपुर-९ नगाँउ बस्ने ३५ बर्षीय प्रदिपमान सिंह बस्नेत रहेका छन्।

यसैगरी, बझाङ केदारसिउ गा.पा.५ घर भइ हाल कीर्तिपुर ५ बस्ने १९ बर्षीय बिनोद ठगुन्ना र सिन्धुपाल्चोक मेलम्ची-१३ की १७ बर्षिया रमादेबी श्रेष्ठ रहेका छन्।

महाशाखाका अनुसार पक्राउ ब्यक्ति मध्येका सुजेन्द्र थापा, प्रदिपमान सिंह बस्नेत र बुद्द महर्जनले अनलाइन जुवा खेलाउन सम्पुर्ण परिपञ्च मिलाई ३ वटा घरमा २४ सै घण्टा सिफ्टवाईज रुपमा जुवा खेलाउनकै लागि कर्मचारी समेत राखेको अनुसन्धानमा खुलेको छ।

कर्मचारीहरुले फेसबुक आइडीमार्फत अमेरिकन तथा युरोपियन नागरिकहरुलाई साथी बनाई जुवा, फायर किरिङ, रिभर स्व्यप्सलगायतका गेम खेलाउने गरेको महाशाखाको भनाइ छ।उनीहरुले फेसबुकबाट अनलाइन जुवा खेल्ने लिङ्क शेयर गरी अमेरिकन डलर लोड गर्न लगाई गेम खेलाउने गरेको पाइएको अनुसन्धानमा खुलेको छ ।

उनीहरुलाई गोप्य सूचनाका आधारमा  महाशखाबाट खटिएको बिशेष प्रहरी टोलीले  बागभैरबस्थित बिभिन्न घरहरुबाट पक्राउ गरेको हो। उनीहरुको साथबाट प्रहरीले ल्यापटप, मोबाईललगायतका बिधुतीय उपकरणहरु समेत बरामद गरेको जनाएको छ।

उनीहरूले विगत १० महिनाअघि देखि महिनाको करिब १ लाख अमेरिकी डलरभन्दा बढी रकम हारजित हुने गरी जुवा खेलाउने गरेको समेत खुल्न आएको छ ।उनीहरुमाथि थप आवश्यक कारवाही तथा थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077