Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

वन्यजन्तुको अखेटोपहार र हतियारसहित एकजना पक्राउ

काठमाडौं । कास्कीमा वन्यजन्तुको अखेटोपहार र हतियारसहित एकजना पक्राउ परेको छ ।

जिल्लाको पोखरा महानगरपालिका–२२ पुम्दीभुम्दी बस्ने २८ वर्षीय खोबहादुर थापालाई पक्राउ जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको हो ।

उनको घरबाट अवैध वन्यजन्तु चितुवाको जस्तो देखिने छाला ७ फिट लम्बाइ, २ फिट ६ ईन्च चौडाइ भएको पुच्छर सहितको टाटेपाटे आकारको खैरो रंगको छाला, वन्यजन्तु चितुवाको जस्तो देखिने २ वटा दाह्रा सहितको दाँतको भागको टुक्रा १, ३ फिट १०.०५ इन्च लम्बाई भएको भिर्ने फित्ता (सिलिङ) सहितको २ नाले कार्तुस बन्दुक १, बन्दुकमा लाग्ने प्रयोग भइसकेको खाली खोका ४५, बन्दुकमा लाग्ने धातुका छर्रा १९१ बरामद गरिएको छ ।

यस्तै बन्दुकमा प्रयोग हुने बारुद ३१५ ग्राम, बन्दुकमा प्रयोग हुने धातुका सानो छर्रा १५० ग्राम, छर्रा बनाउन प्रयोग हुने सिसाको धातुको विभिन्न आकारको डल्लो पदार्थ ३ र सानो पटका रहेको रातो रंगको पत्ता १ बरामद गरिएको प्रहरीले जनाएको छ ।

थप अनुसन्धान र कारवाहीको लागि वन्यजन्तुको अखेटोपहार डिभिजन वन कार्यालय कास्कीमा पठाइने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077