Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

काठमाडौं उपत्यकामा शुक्रबार रातिदेखि सवारी साधनमा जोरबिजोर प्रणाली लागू हुँदै

काठमाडौं । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं उपत्यकामा जोरबिजोर प्रणाली लागू हुने भएको छ ।

शुक्रबार राति १२ बजेदेखि सवारी साधनहरुमा जोर बिजोर प्रणाली लागू गर्ने काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको आज बसेको संयुक्त बैठकले निर्णय गरेको हो ।

स्माट लकडाउनको कार्यविधिअनुसार सार्वजनिक र निजी सवारी साधनहरुमा जोर बिजोर लागू गरिएको ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले जानकारी दिए ।

अब जोर गते जोर नम्बरका र बिजोर गते बिजोर नम्बरका सवारी साधन चल्ने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077