Jun 28 2026 | २०८३, आषाढ १४ गते

28 Jun 2026 | आइतवार, आषाढ १४ गते २०८३

आइतवार, आषाढ १४ गते २०८३
images
images

कैलालीमा सिडिओद्वारा नयाँ आदेश जारी, आज रातिदेखि लागू हुने (२४ बुँदे आदेशसहित)

धनगढी । कैलालीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) किरण थापाले २४ बुँदे आदेश जारी गरेका छन् । कोभिड–१९ को ग्राफ फेरि बढ्न थालेपछि थापाले आदेश जारी गरेका हुन्।

बिहीबार भएको जल्ला कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (डिसीसीएमसी) ले गरेको निर्णयअनुसार आज राति १२ बजेदेखि लागू हुने गरी आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए।

उनका अनुसार पुस २५ गते जारी भएको आदेशलाई थप कडाइका साथ लागू गर्न अर्को आदेश जारी भएको हो। सिडिओ थापाद्वारा जारी आदेशअनुसार २५ जनाभन्दा बढी भेला हुने गरी कार्यक्रम गर्न रोक लगाइएको छ।

होटल, रेस्टुरेन्ट, सिनेमा हल, रङ्गशाला, हवाईयात्रा, उद्यानलगायतका सार्वजनिक स्थानमा जाँदा कोभिडविरुद्धको खोप लगाएको कार्ड अनिवार्य गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077