Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

प्रधानमन्त्री देउवाद्वारा भोलि बिहान सर्वदलीय बैठक आह्वान

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन् । स्थानीय तह निर्वाचनका विषयमा छलफल गर्न प्रधानमन्त्री देउवाले शनिबार बिहान ९ बजेका लागि सर्वदलीय बैठक बोलाएका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बेलुकी बसेको सत्ता गठबन्धनको बैठकपछि प्रधानमन्त्रीले सर्वदलीय बैठकको आह्वान गरेका हुन् ।

यसअघि नेकपा एस सम्मिलित सर्वदलीय बैठक बहिस्कार गरेको एमालेले शनिवारको बैठकमा सहभागिताबारे प्रष्ट पारेको छैन ।

यसअघि नेकपा एमालेले सर्वदलीय बैठक बहिस्कार गर्दै आएपछि प्रधानमन्त्रीसहित कांग्रेस नेताहरुले बालकोटमै गएर एमाले अध्यक्ष केपी शर्मा ओलीलाई मनाउने प्रयास गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077