Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

नक्कली नेपाली रुपैयाँ र अवैध भारतीय रुपैयाँसहित दुई जना पक्राउ

महोत्तरी । ननक्कली नेपाली रुपैयाँ र अवैध भारतीय रुपैयाँ प्रयोग गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । भारतको विहारस्थित सितामाढी बस्ने ४० वर्षीय नुरुल होदा र सितामाढीकै सुरसण्ड-६ बस्ने ३९ वर्षीय उदय साह पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार दुवै जनालाई जिल्लाको फरक-फरक स्थानबाट पक्राउ गरिएको हो । प्रहरीका अनुसार विशेष सूचनाको आधारमा मट्टीहानी प्रहरी चौकीबाट खटिएको प्रहरीले नुरुल होदालाई एउटै सिरियल नम्बर भएको दुई थान हजारको नोटसहित पक्राउ गरेको हो ।

होजालाई प्रहरीले नियन्त्रणमा लिएर मुद्रा सम्बन्धी कसुरमा जिल्ला अदालत महोत्तरीबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । यस्तै उदय साहलाई भिट्ठामोड प्रहरी चौकीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

भारतबाट नेपालतर्फ कालो झोलामा लुकाइ ल्याएको ९ लाख ९७ हजार र २ लाख ४० हजारको ४ वटा चेकसहित पक्राउ गरेको भिठ्ठामोड प्रहरी चौकीले जनाएको छ । साहलाई तत्काल पक्राउ गरी आवश्यक कारबाहीको लागि राजस्व अनुसन्धान कार्यालय पतलैया पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077