Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

काठमाडौंमा एकैदिन तीनजना मृत फेला

काठमाडौं । काठमाडौंका विभिन्न क्षेत्रमा शुक्रबार तीन व्यक्ति मृत फेला परेका छन्।

यहाँस्थित बूढानीलकण्ठ नगरपालिका–२, भङ्गाल डेरा गरी बस्ने महोत्तरी बर्दिवासकी ४५ वर्षीया सविता थापा मृतावस्थामा फेला परेको प्रहरीले जनाएको छ।

यस्तै काठमाडौं महानगरपालिका–१९, ढोकाटोलस्थित सडकपेटीमा एक पुरुष र पहिचान नखुलेका करिब ४५ वर्षीय पुरुष काठमाडौं–१९ मा मृत फेला परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

तीनवटै घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077