Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भरतपुर अस्पतालमा कुरुवालाई पास अनिवार्य

चितवन । कोरोना सङ्क्रमण बढेसँगै भरतपुर अस्पतालमा बिरामीका कुरुवालाई पास अनिवार्य गरिएको छ । एक बिरामीसँग एक जना मात्रै हुने गरी पास अनिवार्य गरिएको हो ।

अस्पतालले यसअघि पनि पासको व्यवस्था गरेको भए पनि कार्यान्वयनमा आउन सकेको थिएन । एक बिरामीका लागि धेरै कुरुवा र भेट्ने मानिसको भिड लाग्ने भएपछि सङ्क्रमण फैलिनसक्ने भन्दै पासलाई कडाइ गरिएको हो ।

अस्पताल प्रशासनले शुक्रबार सूचना जारी गर्दै एक बिरामीका लागि एक मात्रै कुरुवा राख्नुपर्ने साविकको नियमलाई पालना गर्नका लागि पासको व्यवस्था गरिएको जनाएको छ ।

बिना पासका व्यक्तिलाई अस्पतालको अन्तरङ्ग विभागमा प्रवेश गर्न रोक लगाईएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077