Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

धनगढीको मोबाइल ग्यालरीमा चोरी गर्ने प्रहरी हवल्दार र जवान निलम्बित

कैलाली । कैलालीको धनगढीमा रहेको ग्लोबल मोबाइल ग्यालरीमा चोरी गर्ने दुई जना प्रहरी निलम्बनमा परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी हवल्दार होमबहादुर माल र प्रहरी जवान भरतबहादुर बुढाल निलम्बनमा परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख, प्रहरी उपरीक्षक विश्व अधिकारीले भने, ‘उनीहरुविरुद्ध चोरीको मुद्धा दर्ता भएर ५ दिनको म्याद थप भएको छ। म्याद थप हुने वित्तिकै स्वतः निलम्बनमा परेका छन्।’

लागूऔषधको कारोबार भइरहेको सूचना पाएपछि मोबाइल ग्यालरीमा गएका माल र बुढालले चोरी गरेको भिडियो सार्वजनिक भएको थियो। भिडियो सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालय कैलालीले मुद्धा दर्ता गर्दै उनीहरुलाई हिरातसमा राखेर अनुसन्धान अगाडि बढाएको हो।

भिडियो सार्वजनिक हुनुअघि सोही मोबाइल ग्यालरीबाट धनगढी–५ का दोर्णबहादुर रावल, वडा नम्बर २ बस्ने वर्ष २९ का टेक बिष्ट र वडा नम्बर ४ का ३० वर्षीय मनिष भण्डारीलाई प्रहरीले पक्राउ गरेको थियो । उनीहरुको साथबाट १ ग्राम ५५० मिलिग्राम खैरो हिरोइन फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077