Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

इंग्लिस प्रिमियर लिग : वेस्टह्याम माथि म्यान्चेष्टर युनाइटेडको रोमाञ्चक जित

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेड वेस्टह्यामलाई हराउँदैै विजयी भएको छ ।

गएराति म्यानचेस्टर युनाइटेडको घरेलु मैदान वल्डट्राफोर्डमा निर्धारित ९० मिनेटसम्म गोलरहित बराबरी भएको खेलको इन्जुरी समयमा मार्कुस रासफोर्डले गोल गरेपछि म्यान्यूले रोमाञ्चक जित निकालेको हो।

इन्जुरी समयको तेस्रो मिनेटमा काभानीको पासमा रासफोर्डले गोल गर्दै युनाइटेडलाई महत्वपूर्ण तीन अंक दिलाए।

जारी सिजनमा युनाईटेडको यो ११ औं जित हो। २२ खेल खेलेको युनाईटेड लिग अंक तालिकामा ३८ अंक बनाउँदै शीर्ष चारमा उक्लिएको छ।

तालिकाको शीर्ष स्थानमा ५७ अंकसहित म्यान्चेष्टर सिटी कायमै छ। दोस्रो स्थानमा रहेको लिभरपुलले ४५ अंक जोडेको छ भने तेस्रो स्थानमा रहेको चेल्सीले ४४ अंक जोडेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077