Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

चुनावको मुद्धालाई दलीय स्वार्थबाट नहेरौं : डा. भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले तीन तहको निर्वाचनमा हुने समयको खर्चको बारे पुनर्विचार गर्न सुझाएका छन् । प्रत्येक ५ वर्ष १० महिनासम्म चुनावमा अल्झिनु समय र खर्चको हिसाबले उपयुक्त नभएको उनले बताएका हुन् । पूर्व प्रधानमन्त्रीसमेत रहेका भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्,-चुनावको मुद्दालाई दलीय स्वार्थबाट नहेरौँ । ३ चरणका स्थानीय तहका कार्यकाल वैशाख/जेठ,असार र असोजमा पूरा हुने र प्रदेशको पुस/माघ र संघको फागुनमा हुने भएकाले प्रत्येक ५ वर्ष १० महिनासम्म चुनावमा अल्झिनु समय र खर्चको हिसाबले कति उपयुक्त होला ? बिरालो बाँधेर श्राद्ध गरिरहने ? उनले प्रश्न गरेका छन् । पछिल्लो समय तीनै तहको निर्वाचन एकैपटक गर्न बहस भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077