Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सर्लाहीमा तातो रक्सीमा डुबेर बालकको मृत्यु, आमा घाइते

सर्लाही । सर्लाहीको हरिवन नगरपालिका वडा नम्वर ८ बेतालीमा तोतो रक्सीमा डुबेर डेढ वर्षीय बालकको ज्यान गएको छ । उनका आमा आइते भएकी छन् ।

शनिबार साँझ घरमै मदिरा बनाउने क्रममा बालक अचानक भर्खर आगोबाट निकालिएको तातो रक्सीको भाँडोमा खसेका थिए ।

बालकलाई तत्कालै उपचारको लागि हरिवनस्थित नमूना अस्पताल लगिएको थियो । नमूनामा प्रारम्भिक उपचारपछि थप उपचारको लागि राति नै एम्बुलेन्समा काठमाडौं लैजाने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

छोरालाई जोगाउने क्रममा अत्तालिँदा आमालाई पनि रक्सीले पोलेको छ । बालकका बुवा रोजगारीको शिलशिलामा विदेशमा छन् । घटना विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077