Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

सरकारलाई ओलीको प्रश्न- कसले लुकायो ४ लाख बढी खोप ? यसका लागि को जिम्मेवार छ ?

काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेले कोरोना महामारीको तेस्रो लहरमा सरकार गैरजिम्मेवार र निष्प्रभावी देखिएको आरोप लगाएको छ ।

आइतबार एमाले अध्यक्ष केपी शर्मा ओलीले एक विज्ञप्ति जारी गर्दै नयाँ लहरले जनजीवन आक्रान्त बन्दा पनि सरकार गैरजिम्मेवार बनेको आरोप लगाएका हुन्।

२४ लाखभन्दा बढी खोप हराएको सरकारी अधिकारीहरुले नै स्वीकार गरेको भन्दै एमाले अध्यक्ष ओलीले भनेका छन्, ‘कहाँ गयो त्यति धेरै मात्राको खोप ? कसले लुकायो वा बेच्यो ? यसका लागि को जिम्मेवार छ ?‘

आइतबार सरकारको ६ महिने कार्यकालको समीक्षा गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले १५ बुँदे विज्ञप्ति जारी गरेका छन् । उक्त विज्ञप्तिको ८ औं नम्बरमा ओलीले लेखेका छन्, ' यो सरकार महामारीको नयाँ लहरमा गैरजिम्मेवार र निष्प्रभावी देखिएको छ । २४ लाखभन्दा बढी मात्रा खोप हराएको चरम गैरजिम्मेवार र लज्जास्पद अभिव्यक्ति सरकारी अधिकारीहरुले नै दिइरहेका छन् ।'

'कहाँ गयो त्यति धेरै मात्राको खोप ? कसले लुकायो वा बेच्यो ? यसका लागि को जिम्मेवार छ ? एकातिर यति ठूलो मात्रामा खोप गायब पारिएको छ भने अर्कातिर भण्डारमा भएको खोपको सही वितरण हुन नसक्दा हजारौं नागरिकहरु खोपबाट बञ्चित छन् ।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077